आवाज विहिनहरुको आवाज बन्न सकोसः उपप्रमुख ढकाल



२८ फागुन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख मोहनमाया ढकालले सुर्खेत पहिचान दैनिक आवाज विहिनहरुको आवाज बन्न सकोस भन्ने शुभकामना दिनुभएको छ ।

उपप्रमुख ढकालले सुर्खेत पहिचान दैनिको पुनः लोकापर्ण कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले देव सम्सेरको भनाईलाई उदृत गर्दै मिडियाले तथ्य पूर्ण समाचारबाट समाजलाई सही दिशा तर्फ लैजाँदै सरकारलाई झक्झक्याउनुपर्ने बताउनुभयो ।

अब चाँडै नै स्थानीय सरकारले एक छलफल चलाई स्थानीय मिडिया संग स्थानीय सरकार सहकार्य गर्ने बताउँदै उपप्रमुख ढकालले । अहिले केन्द्रिय कार्यविधी अनुसार केन्द्रिय संचार माध्यमहरुलाई स्थानीय सरकारले विज्ञापनहरु दिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले स्थानीय सरकारलाई सार्वजनिक खरिद ऐन सच्याउन माग गर्नुभयो । उहाँले मोफसलका मिडियाहरुको बजार मुख्य चुनौती रहेकाले कम्तीमा २५ प्रतिशत विज्ञापन दिन स्थानीय सरकार संग माग गर्नुभयो । उहाँले भन्नुभयो । “सरकारलाई मिडिया प्रोटेक्सन के हो भन्ने नै थाहा छैन् । जनप्रतिनिधीहरुका सम्पूर्ण कुरा मिडियाले जनता समक्ष पु¥याउने गर्छ तर प्रदेश सरकार र स्थानीय सरकारले भने स्थानीय मिडियालाई सहयोग गर्दैन ।”

त्यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटेले आदिवासी जनजातिहरुको गतिविधी उजगार गर्न जन्मेको सुर्खेतपहिचानलाई सबैले सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर बंशी मगर फोनिज कर्णाली प्रदेशका अध्यक्ष भूपेन्द्र घर्ती मगर र फोनिज सुर्खेतका अध्यक्ष प्रवाशकुमार शाक्यले शुभकामना व्यक्क्त गर्नुभएको कार्यक्रमको संचालन भिमबहादुर गुरुङ्ले गर्नुभएको थियो ।

स्मरणरहोस गत जेठ २९ गते तत्कालिन प्रकाशक एवं सम्पादक नन्दबहादुर गेला·को टिप्परको ठक्करबाट निधन भएपछि सुर्खेतपहिचान दैनिकको प्रकाशन बन्द भएको थियो । बन्द भएको पत्रिकालाई बेचुलाल चौधरीको संयोजकत्वमा प्रकाशक पञ्चसिंह रोकाय र जीवनकुमार शाक्यको सम्पादकत्वमा सुर्खेतपहिचान दैनिक पुन प्रकाशन गरिएको हो ।