१२ चैत्र, सुर्खेत ।कोरोना भाइरस (कोभिड_१९) को महामारीलाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय सुर्खेतले आफ्ना वडामा हालसालै बाहिर देशबाट आएकाहरुको नामवली तयार गरि तिनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।
हाल सम्म खोज्दै जाँदा हामीले वडामा कामको सिलसिलामा देश बाहिर (भारत) गइ फेरी घर फर्केकाहरुलाई खोजतलास गरि होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेकाछौ साथै वडामा रहेका ३२ वटै टोल विकास संस्थाहरुलाई यदी टोलमा कुनै व्यक्ति बाहिरबाट आएको वा नयाँ देखेमा निजको पहिचान गरि वडामा विवरण दिन अनुरोध गरेका छौ । वडा अध्यक्ष सुरेश मानन्धरले भन्नुभयो ।
साथै सम्पूर्ण वडाबासीहरुलाई लकडाउनको समयमा घरबाहिर नगै घरमा नै बसी यो विपदको घडीमा सजग भैदिन वडा अध्यक्ष मानन्धरले अनुरोध गर्नुभयो ।




Prawash Kumar Shakya । १२ चैत्र २०७६, बुधबार १५:२५ बजे