बस दूर्घटना


सुर्खेत, ७ पौष ।
मध्यपश्चिमाञ्चलको सदरमुकार वीरेन्द्रनimg_0238गर अनि प्रस्तावित प्रदेश नं.६को राजधानी सधै बिहान ४ बजे देखि टिउसन पर्ने बिधार्थी, छाटो दुरीको यात्रा गर्ने यात्रु, बिहानी समयमा  सडक व्यापार गर्नै व्यक्तिहरु  व्यस्त रहने शहरमा एका बिहानै बस दूर्घटना भएको छ ।
स्थानिय मंगलगढी चौक देखि डांक बोकेर बजार तर्फ गईरहेको ना.३.ख. ५२०८ नम्बरको काक्रेबिहार यातायात व्यवसायी संघको बस र बजारबाट नम्बर लगाउन बसपार्क तर्फ गईरहेको मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघको ना.४.ख. ८२८७ नम्बरको बस स्थानिय माया नर्सिग होम अगाडी एक आपसमा ठोकिएका छन् ।
ट्राफिक प्रहरी जवान खेमराज बस्नेतका अनुशार दुई बस बिहान ५.४० बजे एक आपसमा ठोकिएको हो । बिपरीत दिशाबाट आईरहेको बस एक आपसमा ठोकिई दूर्घटना भए पनि कुनै अप्रिय घटना न भएको जानकारी दिए । बस्नेतका अनुशार सधै व्यस्त रहने बजारमा बिहिबार(आज) खाली रहेको हुदा पनि कुनै अप्रिय घटना हुनबाट जोगिएको हो । दूर्घटना पश्चात मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघको ना.४.ख. ८२८७ का चालकलाई सामान्य चोट लागेको र अहिले स्थानिय माया नर्सिङ्गमा उपचार गराईरहेको छ ।img_0241