सामान्य पुजा गरेर बुद्ध जयन्ती मनाइयो


२५ बैशाख, सुर्खेत । आज बुद्ध जयन्तीको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा रहेको पेमा साङे छोयलिङ गुम्बामा आज सामान्य बुद्ध पुजा गरि २६४४औं बुद्ध जयन्ती मनाइएको छ ।

गुम्बामा लामा गुरु तुन्डुप रिम्पोछेले सामान्य पुजा गर्नुभएका गुम्बा व्यवस्थान समितिका सचिव लोकजंग रोकायले जानकारी दिनुभयो । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण देश लकडाउनमा रहेकोले यसपटकको बुद्ध जयन्ती धुमधाम नगरिएको हो । ‘पुजामा सामाजिक दुरी कायम गर्दै लामा गुरु, अध्यक्ष, उपाध्यक्ष र म सहभागी भएर सामान्य पुजा गरेर आजको बुद्ध जन्यती मनाएको हौ ।’ सचिव रोकायाले भन्नुभयो ।

यता बुद्ध धर्मका अध्ययनकर्ता जीवनकुमार शाक्यले बुद्धको खास जयन्ती भनेको २६४४ औं हो तर यहाँ महापरिनिर्वाण भएको बर्षलाई बुद्ध जयन्ती भनेर मनाउने गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “२५६४ भनेर बुद्ध जयन्ती मनाइन्छ यो त महापरिनिर्वाण (देहत्याग) बर्ष हो त्यसैले यस्लाई सच्याइनु जरुरी छ ।”