रोल्पाका अग्नि पिडीतलाई प्रहरीले सहयोग सामाग्री दियो


३१ बैशाख, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले आगलागी भई घर पुर्ण रुपमा क्षती भइ पिडीत बनेका २ जना ब्यक्तीहरूलाई राहत स्वरुप विभिन्न सामाग्रीहरू प्रदान गरेको छ ।

आगलागी पिडितको लागी जिल्ला प्रशासनले प्रदान गर्दै आएको क्षतीपूर्ती रकम प्राप्तीको लागी प्रहरीको सिफारिश लिन कार्यालयमा आएका २ जना ब्यक्तीहरूलाई सिफारिस संगै राहतका समाग्रिहरू पनि सहयोग स्वरुप प्रदान गरिएको हो । बैशाख १८ गते आगलागी हुँदा पिडीत बनेका रोल्पा नपा १ खेवासे बस्ने गणेश रसाइली र बैशाष २१ गते आगलागी हुँदा पिडीत बनेका त्रिबेणी गापा १ बस्ने बम बहादुर वलीलाई बिभिन्न सामाग्रीहरू प्रदान गरिएको हो ।

कोरोनाको महामारीका कारण लकडाउनको अबस्थामा पनि घन्टौ पैदल हिडेर जिल्ला प्रहरी कार्यालय आईपुगेको उनिहरूलाई केही राहत मिलोस भन्ने उद्येश्यले प्रति ब्यक्ती त्रिपाल, प्लास्टिक गुन्द्री, तथा अन्य भाडा बर्तनहरू प्रदान गरिएको कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक चित्र बहादुर गुरुङले जानकारी दिनुभयो । प्रहरी कार्यालयले प्राकृतिक प्रकोपमा परेका पिडीतहरूलाई राहतको लागी अन्य निकायमा शिफारिस गर्दै आएकोमा सिफारिश सगै केही रातहका सामाग्रिहरु समेत प्रदान गरी थप सहयोग गरेकोमा खुसी लागेको अग्नि पिडीत बल बहादुर वलिले बताउनु भयो ।