
मिलन श्रेष्ठ
६,असार सुर्खेत । सामाजिक सुरक्षा र बचतको लागी वीमा गरौं, भन्ने उद्देश्यका साथ संचालन भएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सुर्खेतले डिउटीका क्रममा मृत्यु भएका स्वर्गिय बिशाराम चौधरीको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ ।
बीरेन्द्रनगर नगरपालिका वडा नं।२ लौबस्ता घरभई हाल चितवन सशस्त्र प्रहरी गण नं १७मा कार्यरत रहनु भएका चौधरीको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । उहांको २०७६ साल चैत्र २६ गतेका दिन डिउटीमा रहेको बेला कालगतिका कारण निधन भएको थियो ।
चौधरीले एशियन लाईफ ईन्स्योरेन्समा एशियन सावधिक जीवन बीमा योजना अन्तर्गत ५ लाख रुपैयाको १५ बर्षिय बीमा गर्नुभएको थियो । उहांको २०७६ साल चैत्र २६ गतेका दिन निधन भएपछि शाखा सुर्खेतले आज सामाजिक दुरि काएम राख्दै, एक कार्यक्रमका बिच रु ६ लाख ४९ हजार ५०० सय रुपैयाको चेक उहांकी श्रीमती रमिता कुमारी चौधरीलाई हस्तान्तरण गरिएको एशियन लाईफ ईन्स्योरेन्स शाखा सुर्खेतका बिजनेश म्यानेजर मानबहादुर चौधरीले जानकारी दिनुभयो । चौधरीले हाल सम्म छैठौं किस्ता वापत रु २ लाख १३ हजार ३ सय ६ रुपैया कम्पनीमा बुझाउनु भएको थियो ।
कार्यक्रममा सिनियर बिजनेश म्यानेजर प्रवेशमान मानन्धरले जीवन बीमाको भविष्य उज्जवल भएको कुरामा जोड दिदै, हामी सबै जना लागेर बीमा सम्बन्धि चेतना फैलाउन अनिवार्य रहेको बताउनु भयो ।
उहांले थप्नु भयो,जीवन वीमाको खांचो सबैलाई रहेको र आजको बचतले भोलिलाई सहज बनाउने रहेछ तसर्थ घर–आंगनमा आउने अभिकर्ताहरुको कुरा राम्रोसंग बुझेर वीमा गर्नुपर्ने बताउदै , यसरी आफ्नो व्यक्तिले जीवन बीमा गरी दिए वापत वीमावाट प्राप्त रकम नावालक छोराछोरीको शिक्षादिक्षा र उचित कार्यमा प्रयोग गर्नका लागि मृतकको परिवारलाई आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रममा कम्पनीका बरिष्ठ अधिकृत पारसमणि खनाल, कम्पनीका अभिकर्ताहरुको उपस्थित रहेको थियो भने मृतक बिशाराम चौधरीको ७ बर्षिय छोरा, श्रीमती र बृद्ध आमा÷बुवा हुनुहुन्छ ।



Milan Shrestha । ६ असार २०७७, शनिबार ११:४१ बजे