राजीको उपचारमा असिम अटो पार्टसद्वारा सहयोग



२६ असार, सुर्खेत । ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट ग्रसित भइ जीवन मरणको दोसाँधमा भएका सुर्खेतको पन्चपुरीका एक बालकको उपचारमा असिम अटो पार्टसले आर्थिक सहयोग गरेको छ ।

पञ्चपुरी नगरपालिका वडा नं १० चाम्रीका १५ बर्षिय चन्द्र राजीको उपचारमा असिम अटो पार्टस वीरेन्द्रनगर सुर्खेतले नगद रु १० हजार रुपयाँ सहयोग गरेको हो ।

केहि दिनदेखि निरन्तर विभिन्न सञ्चार माध्यममा १५ बर्षिय राजीको आर्थिक अवस्था सारै कम्जोर भएकाले उपचारमा सारै समस्या भएको समाचारहरु प्रकाशन तथा प्रसारित भएका थिए । विभिन्न सञ्चार माध्यममा आएको जानकारीका कारण विरामी बालकको सिघ्र स्वास्थ्य लाभको कामनासहित असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कँडेल र शोभा कार्कि कँडेलले नगद रु १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

१५ बर्षिय राजी बालकको दुवै खुट्टा हड्डी पाक्ने रोगबाट ग्रहित भएको र उपचारमा आर्थिक अभाव कारण करिब ३ हप्तादेखि कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसियुमा भर्ना हुनुभएको छ । दुबै खुट्टा पाकेको अवस्थामा आइसीयुमा उपचार भैरहेको र अस्पतालले उपचारको लागि आइसोलेसन वार्ड, अप्रेशन, सामान्य औषधी, तथा खानाको व्यवस्था अस्पतालले आफैले गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको जानकारी दिनुभयो ।

आर्थिक अवस्था ज्यादै दयनिय भएका राजीको उपचारमा प्रदेश अस्पतालले आइसियु खर्च, अप्रेशन खर्च, सामान्य केहि औषधी खर्च, खाना खर्च लगायतको व्यवस्थापन निशुल्क गरेता पनि अन्य औषधी खर्च, रगत व्यवस्थापन लगायत विभिन्न खर्च धान्नका लागि सहयोगको याचना गरिएको राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले बताउनुभयो ।
चन्द्र राजीको उपचारमा सहयोगी मनहरुले राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ मा सहयोग जम्मा गर्न सकिने पनि राजी शाल्म समाज सुर्खेतले जानकारी दिएको छ ।