मानवसेवा आश्रमले ७१ बर्षिय महिलालाई पुनर्मिलन गरायो


२३ साउन, सुर्खेत । प्रार्थना गर्ने ओठहरुभन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन् भन्ने मन्त्रले प्रभावित मानवसेवा आश्रम सुर्खेत शाखाले आश्रममा आश्रित एकजनालाई पारिवारिक पुनर्मिलन गराएको छ ।

विगत लामो समयदेखि गुर्भाकोट नगरपालिकाको मेहेलकुना नजिकैको बाटोमा नै दिनरात बिताउने गर्नुहुने मानसिक रुपमा विक्षिप्त हुनुभएकी ७१ वर्षिय असारी कामीलाई आश्रमले पारिवारिक पुनर्मिलन गराएको हो ।

कामीलाई २०७६ साल माघ ४ गते गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनको पहलमा उद्दार गरि मानवसेवा आश्रममा राखिएको थियो । करिव ७ महिनाको आश्रमको सेवा पश्चात सामान्य अवस्थामा फर्किनु भई आज परिवारमा सुखद् पारिवाारिक पुनर्मिलन गराउन सम्भव भएको आश्रमका संयोजक सिर्जना वलीले बताउनुभयो ।

गाउँले, छिमेकीहरुले असारी कामीमा आएको परिवर्तन देखि दंग परि हेर्ने मानिसहरुको घुईँचोले हामीलाई आफुले गरेको कर्मबाट थप आत्मसन्तुष्टि महसुस भएको छ । संयोजक वलीले भन्नुभयो ।

आश्रमले हाम्रो चाहना : सबैको लागि खाना, नाना, छाना हाम्रो प्रतिबद्दता : सहयोगापेक्षी (बेसहारा,अशक्त,असहाय,अभिभावकविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एंव घोषणा हाम्रो सपना : मानवीयताको देश नेपाल (Country of Humanity- Nepal)निर्माण, रहेको जनाएको छ।