नक्कली कपाल भएकाले आर्यन-जीवनलाई मनपराउँछन् दीपकराज


११ फागुन, हाँस्य कलाकार भैसकेपछि अरुले भन्दा केही बढी बोल्ने छुट हुन्छ । किनकी, कमेडी गर्दा यसलाई धेरैले गम्भिर रुपमा लिदैनन् । सायद, यसैले पनि होला हाँस्य कलाकार दीपकारज गिरीले २ नायक र एक संचारकर्मीको व्यङ्ग्यात्मक शैलीमा प्रशंसा गरे ।
कुरा हो संचारकर्मी, नरेश भट्टराइको एल्बम बिमोचनको । सो समारोहमा अतिथी बनेर पुगेका कलाकार गिरीले आफूलाई नायक आर्यन सिग्देल, जीवन लुइटेल र नरेश भट्टराई विशेष मनपर्ने बताए । उनले यसो भनेपछि उपस्थित पत्रकार, कलाकार र गायकहरु दिल खोलेर हाँसे ।
दीपकले चलचित्र र संचारकर्मका यी चर्चित ३ पात्रलाई मन पराउनुको कारण  थियो, तिनै जनाको कपाल नहुनु । यी तिनै जनाले नक्कली कपाल राखेका छन् । दीपकले आर्यन, जीवन र नरेशलाई नक्कली कपाल भएकाले मनपर्ने बताएका थिए ।
कार्यक्रममा नरेशको नक्कली कपालको बिषयमा हाँस्य कलाकारहरुले विभिन्न अनुभव पनि सुनाए । जन्मदिन भएकाले पनि नरेश यी कुरा सुनेर हाँसी मात्र रहे, केही बोलेनन् ।

साभारः अनलाइन खबर