१२ भाद्र, सुर्खेत । सामाजिक सञ्जाल फेसबुकको अर्को समूह हेलो प्रदेशले आज निषेधाज्ञाको समयमा ड्युटीमा खटिनु भएका सुरक्षाकर्मीहरुलाई खाजापानी तथा माक्स वितरण गरेको छ ।
समूहका एडमिन हज्जु अलीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रवेशद्वार सुब्बाकुना देखि धुलियाबिट, पिपिरा, एयरपोर्ट, औधोगिक क्षेत्र, खजुरा, मङ्गलगढी चोक, वीरेन्द्रचोकमा ड्युटीमा खटिनु भएका नेपाल प्रहरी, ट्राफिक प्रहरी, शस्सत्र प्रहरीहरुलाई खाजामा चिया, बिस्कुट, पानी त्यस्तै स्वास्थ्य सामाग्री माक्स र स्यानिटाईजर वितरण गरेको बताउनुभयो ।
समूहले केही दिन अगाडी पिपिरा सुरक्षा विट पोष्ट पंखा जडान समेत गरेको थियो । एडमिन हज्जुले आगामी दिनमा समूहले अझै सामाजिक कार्यमा अग्रसर हुने बताउँदै युट्युवमा सामाजिक जनचेतना मुलक छोटो भिडियो चलचित्रहरु निर्माण गरेर राखेको जानकारी दिनुभयो । उहाँ भन्नुभयो “हामीले बनाएका छोटो चलचित्र हेरेर प्रतिकृया दिनहुन हामी सम्पूर्णमा अनुरोध गर्दछौं ।”
Prawash Kumar Shakya । १२ भाद्र २०७७, शुक्रबार २०:१९ बजे