नेपाली कांग्रेस सुर्खेतको प्रदर्शन


२९,मंसिर सुर्खेत । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध विशाल प्रदर्शन देशव्यापी रुपमा गर्ने क्रममा नेपाली कांग्रेस सुर्खेतले सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकार नालायक भएको, भ्रष्टचारी भएको र जनपक्षिय काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसले सरकारको विरोध गर्दै सुर्खेत प्रदर्शन गरेको हो ।

सोमबार बिहान ११ बजे मंगलढीचौकबाट ¥याली शुरु गरि बजार परिक्रममा गरि स्थानीय पीपलचौतरामा पुगेर कोण सभाको आयोजना गरिरहेको थियो ।प्रदर्शनीमा हजारौको संख्यामा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।