स्कूलमा बम आंतक : वार्ताको कोशिस हुँदै थियो, अचानक बम पड्काए


असोज ४

काठमाडौं– ‘माफिया तन्त्रको बिरुद्ध’ आक्रमण गरेको भन्ने आशयको पर्चा छाडेपनि मिन देवकोटा संयोजक रहेको योङ कम्युनिष्ट फोर्स नेपाल केन्द्रिय समिति तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका ब्यक्तिहरुले चन्दा नदिएपछि बम आतंक सिर्जना गरेको पाईएको छ ।

दुई अहिनाअघि स्वयम्भूस्थित आईडियल मोडल स्कूलको गाडी जलाउनुअघि देखिनै देवकोटा समुहले नीजि विद्यालयहरुसँग मोटो रकम मागेका थिए । यसरी लाखौं चन्दा मागेपद्धि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका प्रतिनीधिसँग बार्ता गर्न भन्दै रेडियन्ट रिडर्स एकेडेमीका प्रिन्सिपल डिके ढुंगानालाई विद्यालयले बार्ता कमिटिको संयोजक तोकेका थिए ।bomb-after-nepali-army

उनीहरुबीचको बार्ता टुंगोमा नपुग्दै राजधानीका आधा दर्जन स्कुलको गेटमा बम राखियो । स्रोतका अनुसार स्कूल संचालकले चन्दा माग्ने समूहसँग संवाद गरिरहेका थिए ।

‘यो चन्दा उठाउने मेलो हो’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीले रातोपाटीसँग भने, ‘तर्साएर चन्दा उठाउने उद्देश्यले बम आतंक मच्चाएको देखिन्छ, यो कुनै राजनिितक समुह होईन् ।’

यसरी दशैंको मुखमा चन्दा उठाउनका लागि बम आतंक मच्चाउनेहरुमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानमा असर पर्ने भन्दै पक्राउ पर्नेको नाम सार्वजनिक गर्न अस्विकार गरेको प्रहरीले स्कुलको गेटमा बम राख्नेहरु ‘पोलिटिकल मान्छे’ नभएको स्पष्ट गरेको छ । प्रहरीले भन्दै नयाँ संविधानसँग उनीहरुको कुनै साईनो नभएको बताएको छ ।

नयाँ संविधान जारी भएको एक बर्ष पुगेको भोलिपल्ट विष्फोट गराउनुको पछाडि संविधानप्रतिको आक्रोश त होइन ? रातोपाटीको जिज्ञासामा काठमाडौं प्रहरी परिसरका प्रवक्ता कार्कीले भने, ‘यो समुह करिब छ महिनादेखि आपराधिक क्रियाकलापमा रहेको खुल्न आएको छ । राजनीतिक समुह नभएकाले नयाँ संविधान सँग कुनै साईनो देखिँदैन ।’

‘चन्दा बार्ता’ चलिरहेको कुरा सार्वजनिक भएपनि विद्यालय संचालहरुले भने आफुहरुसँग कसैले त्यसरी चन्दा नमागेको जिकिर गरेका छन् । बौद्धको मनकामना उच्च माविका प्रशासन प्रमुख जनरन्जन देवकोटाले आफ्नो विद्यालयमा आजभोलि कोही पनि चन्दा माग्न नआएको दावी गरे । उनले भने, ‘त्यसरी कसैले चन्दा मागेको छैन, आज अचानक स्कूलको गेटमा विष्फोट गराए ।’

दुई महिना अगाडि बार्ता कमिटिका संयोजक डिके ढुंगानाले संवादको पहल गरेका थिए । उनले बार्ताका लागी आफुले पाएको एउटा नम्बरमा फोन सम्पर्क गरेर बोलाउँदा ‘आईडियल मोडल स्कुलको गाडी जलाउने साथीहरुलाई छुटानुस् त्यसपछि मात्रै बार्तामा बसौंला’ भनेपछि संवाद हुने नसकेको बताए ।

उनले भने, ‘बार्ता गर्ने भनेको हो, तर हुन सकेको थिएन । आज अचानक स्कुलेको गेटमा बम राखिदिए ।’

साभार : राताे पाटी