अमृत भोजन अभियानलाई शिवशिखरको सहयोग


३० जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको महामारी शुरु भएसंगै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद औषधालयमा सञ्चालित आइशोलेशनमा आज खाद्यान्न सामाग्री हस्तान्त्रण गरिएको छ ।

वीरेन्द्रनगरमा सञ्चालित शिवशिखर अर्गनाइजेशनको शिवशिखर बहुउदेश्यीय सहकारी संस्था, शिवशिखर एग्रो प्रा.लि. र गार्डेन मार्ट डिपार्टमेण्ट स्टोरले संयुक्तरुपमा औषधालयमा सञ्चालित अमृत भोजन अभियानलाई खाद्यान्न सहयोग गरेको शिवशिखर बहुउदेश्यीय सुर्खेतका शाखा प्रमुख चन्दन थापाले जानकारी दिनुभयो । समूहले अमृत भोजन अभियानमा आफ्नै ब्राण्ड उपकारका करिब २५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो ।

कार्यक्रममा सहयोग गर्ने विवेकशिल साझा पार्टी सुर्खेत र सामाजिक सञ्जाल समूह मोटे ग्याङ्ग नेपाललाई शिवशिखर एग्रोका कर्णाली प्रदेश प्रमुख इश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।