
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रादेशिक स्तरीय ललितकला प्रदर्शनी-२०८१ को आज समापन गरिएको छ । यही फागुन ६ गतेबाट स्थानीय जन नमुना माध्यमिक विद्यालयमा जारी प्रदर्शनीको आज कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक समारोहका वीच समापन गर्नुभएको हो ।
मन्त्री भण्डारीले देश विग्रेकै भाषण गर्नाले भएको बताउनुभयो । उहाँले भन्नुभयो “अब नेता भैसके पछि भाषण पनि नगरि पनि सुखै नहुनाले आफुपनि भाषण गर्न बाध्यभएको छु । काम मात्र गर्न पाए हुनेथियो फेरी अहिले सबैले भाषण गरेर देश बर्वाद भएको छ त्यस्को केही जिम्मेवार म पनि हुँ । सबैले भाषण गर्ने भएकोले कहिलेकाही नेताहरुको कामै सकेको होकी जस्तो लागेको छ । सके सम्म कामै गरौं भन्ने हो अब कार्यक्रममा गएपछि त भाषण गर्नै पर्ने भयो ।”
प्रदर्शनी हेर्दै गर्दा कर्णालीमा अथाह कलाको खानी रहेको छ । महाकवि देवकोटाको मुनामदनमा रहेको कथापनि भोटको कथाले उत्कृष्ट खण्डकाब्य बने जस्तै त्यस्तै कथा कर्णालीमा रहेको छ केवल त्यसलाई खोजी गर्दै जानुपर्छ । मन्त्री भण्डारीले भन्नुभयो । कर्णालीमा अहिले पनि ३ वटा सभ्यता रहेको छ । पहिलो कर्णाली सभ्यता जो कैलाश देखि गंगा सम्मका किनारमा भएका विभिन्न मठमन्दिर परम्परा र संगमस्थल त्यो आफैमा कलाको सौन्दर्यता पनि हो । दोश्रो भनेको सिँजा सभ्यता हो भने अर्को भनेको ज्वाला सभ्यता हो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथी वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले कतिपय कामहरुलाई चाहेर पनि सहयोग गर्न वातावरण नमिलेको बताउनुभयो । उहाँले भन्नुभयो “सबैजनालाई खुशी बनाएर काम गर्न गाह्रो हुनेरैछ एकसयमा एकाउन्न प्रतिशत काम गर्न सक्यो भनेपनि त्यो सफलता हो । यहाँ केही काम सकेन भने तपाईहरुलाई चुनाव जिताएको के काम भनेर गुनासा गर्ने थ्रुपै छन् । सरकारको निती कार्यक्रमलाई के कुरामा फोकस गर्ने र नगरबासीहरुले के कुरा भनि रहेका छन् भन्ने कुराहरु तर्फ ध्यान गईरहेको छ र जान्छ पनि ।”

यस्तै कार्यक्रममा नेपाल ललितकला प्राज्ञ-प्रतिष्ठानकाका उपकुलपति लालकाजी लामा तामाङ्गले ललितकलाको माध्यमबाट समाजको रुपान्तरण गर्ने अठोट लिएको र त्यस्कालागि सरकारको प्रतिवद्धता जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “समाज रुपान्तरणकालागि सरकारले प्रतिष्ठान बनाएको छ निश्चित श्रोतसाधन दिएको छ तर त्यतिले मात्र पुग्दैन । अहिले तीनतहको सरकार छ त्यस्मा प्रदेश र स्थानीयतहको सरकार कार्यकारी रहेकोले उहाँहरु सँग सहकार्य गरेर ललितकलाको काम गर्ने लक्ष्य लिएका छौं ।”
कर्णालीका १० जिल्लाका ६८ जना कलाकारहरुको सहभागिता रहेको कार्यक्रम नेपाल ललितकला प्राज्ञ-प्रतिष्ठनका परम्परागत चित्रकला विभाग प्रमुख एवं कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्सामु लामाको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण नेपाल कमर्शियल आर्टिष्ट संघका केन्द्रीय सदस्य प्रेम विश्वकर्माले गर्नुभएको थियो ।
कार्यक्रममा कलाकार प्रितम सिंजाली मगरले नगरप्रमुख ढकालको स्केच बनाएर दिनुभएको थियो ।
Prawash Kumar Shakya । १० फाल्गुन २०८१, शनिबार १९:१७ बजे