पोखरा जाने बसमा भित्रै शौचालय


timthumbकाठमाडौंदेखि पोखरासम्म दिनहुँ चल्ने सवारी साधनभित्र शौचालयको व्यवस्था गरिएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ ।

‘डेभिट टुर्स एण्ड ट्राभल्स’ले दुई वटा बसभित्र शौचालयको व्यवस्था गरेको हो । उक्त बसका सञ्चालक दीपक भट्टराई बसभित्रै शौचालय भएको बस भित्र्याएपछि यात्रा गर्नेको सङ्ख्या बढेको बताए । “ शौचालयको व्यवस्था गरेका कारण यात्रुले धेरै रुचाएका छन्,” उनले भने।
नेपालमा धेरै पर्यटकीयस्थल रहेको र पर्यटकलाई यात्रामा सहज होस् भन्ने उद्देश्यका साथ यस्ता बस सञ्चालनमा ल्याएको बताए ।” उक्त बस सञ्चालनबाट केटाकेटी र वृद्धवृद्धालाई बढी सहज भएको छ ।

पोखराका भीमबहादुर गुरुङ उक्त बस सञ्चालनमा आएपछि आफू निरन्तर सो बसमा यात्रा गर्दै आएको बताए। “अरु बसले दिशापिसाव लागेको बेला भनेको बेला रोक्दैनन्, यस बसमा यात्रा गर्दा मन ढुक्क हुन्छ,” उनले बताए । सो बसमा काठमाडौँदेखि पोखरासम्मको भाडा ७ सय रहेको छ ।

साभारः सेतोपाटी अनलाइन