क्यान महासंघ सुर्खेतको नवौं बार्षिक साधारण सभा सम्पन्न


१४ असोज, सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल (क्यान महासंघ) सुर्खेत शाखाको ९ औं बार्षिक साधारण सभा आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष प्रेमप्रकाश चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा क्यान महासंघका केन्द्रिय सदस्य भिम कुमाखीले डिजिटल प्रविधीबाट साधारण सभा सफलताको शुभकामना दिनुभएको थियो । सभामा क्यान महासंघ सुर्खेतका संस्थापक अध्यक्ष रामकिशोर रावलले अहिलेको समयमा डिजिटल प्रविधीको प्रयोग उत्तम विकल्प रहेको औल्याउनुभयो ।

त्यस्तै सभाका प्रमुख अतिथी क्यान महासंघ कर्णालीका अध्यक्ष प्रेमप्रकाश चन्दले कोरोना महामारीले मानव जगतलाई नै डिजिटलमय बनाएको अवस्थामा यसको सही प्रयोगमा सघाउ पुर्याउन क्यान लागि पर्ने बताउनुभयो । त्यस्तै क्यान महासंघका सुर्खेतका पूर्व अध्यक्ष पूर्णदेव अधिकारीले पनि सभा सफलताको शुभकामना दिनुभयो ।

क्यान महासंघ सुर्खेतका अध्यक्ष तिलकप्रसाद आचार्यले कोरोना महामारीले केही कार्य गर्न नसकिएको बताउँदै अब अवस्था केही सहज हुँदै गएकोले चाँडै नै डिजिटल प्रविधी सम्वन्धी काम गर्ने बताउनभयो ।

शाखा सचिव प्रवाश कुमार शाक्यले सहजीकरण गर्नुभएको सभामा उपेन्द्र मल्ले स्वागत गर्नुभएको थियो ।