गायिका कोमल वलीको ‘लास्टै’ चोटी हो


श्रावण ७, २०७३- पोइ चाहियो भनेर तीजको अवसरमा गीत गाउँदै आएकी कोमल वलीले यो पटक भने पोइ चाहियो भनेर गीत गाउने अन्तिम चोटी भएको बताएकी छन् । यो २०७३ सालको तीजको अवसर पारेर गाइएको गीत मार्फत उनले पोइ चाहियो भनेर गाउने अन्तिम पटक भएको बताएकी हुन् ।

पशुपति शर्माको शब्द तथा संगीतमा तयार पारिएको उक्त गीतमा वली र शर्माको स्वर रहेको छ । वलीले पोइ चाहियो भनेर गीत गाउने ‘लास्टै चोटी हो’ भनिरहँदा शर्माले भने वलीलाई राजनीतिमा लागेर देश चलाउन आग्रह गरेका छन् ।

युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा वली र शर्माले नै अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन बब्बु थापाले गरेका हुन् ।

साभारः कान्तिपूर अनलाइन