
९ पौष, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयले वडाको तल्लो भागमा रहेको स्थित चाँदनी चौकी स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको ३३औं बार्षिक उत्सवको अवसरमा विद्यालय परिसरमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
स्वास्थ्य शिविरमा हार्ड तथा नसा रोग विशेषज्ञ डा शुभ श्रेष्ठ, नाक कान घाँटी डा. पारस पौडेल, मेडिकल अफिसर डा. प्रकास ओली तथा मेडिकल अफिसर डा. कृष्ण देव गिरी सेवा प्रदान गर्नुभएको ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “हाम्रो अभियान भनेको सामुदायिक विद्यालयहरुमा पनि गुणस्तरिय शिक्षाको पठनपाठन गराइने बनाइने छ । त्यस्तै विद्यालयमा रहेका विद्यार्थी तथा अभिभावकहरु पनि स्वास्थ भन्ने उदेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौ ।”
शिविरमा करिब १ सय ८० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।



Prawash Kumar Shakya । ९ पुष २०७८, शुक्रबार १८:२८ बजे