मिडियाले मलाई धन्यवाद दिनुपर्छः मुख्यमन्त्री शाही (भिडियोसहित)


१३ पौष, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मिडियाहरुले आफुलाई धन्यवाद दिनुपर्ने बनाउनुभएको छ ।

प्रदेश राजधानीमा निर्माण भैरहेको रंगशालाको निर्माणको अनुगमनमा मुख्यमन्त्री शाहीले प्रधानमन्त्रीले मन्त्री परिषद विस्तार गर्न नसक्नुभएको आरोप कर्णालीमा पनि सरकार विस्तार गर्न नसकेको विस्तार आरोप लगाउनु भन्दा पनि सरकारको काम द्रुतगतिमा भैरहेको ले धन्यवाद व्यक्त गर्नुपर्ने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ “बागमति प्रदेशमा धेरै मन्त्री विस्तार भएर खर्च धेरै भैरहेको तर त्यो अनुपातमा कर्णालीमा थोरै मन्त्री भएकोले खर्च कम भएको र थोरै मन्त्री भएपनि काम द्रुतगतिमा भैरहेको बताउनुभयो ।” सरकार विस्तार पार्टीहरुको अधिवेशनहरु चलिरहेकोले केही ढिलाई भएको हो । मुख्यमन्त्री शाहीले भन्नुभयो ।

त्यस्तै मुख्यमन्त्री शाहीले प्रदेश राजधानीमा निर्माण भैरहेको रंगशालाको निर्माण अवधी २४ महिनाको रहेको र त्यो समय भित्र  सम्पन्न हुनेछ यदी यो समयमा नभएमा समयसीमा पनि नथपिने र निर्माण गर्नेले जरिवाना तिर्नुपर्ने रहेकोले समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिएको बताउनुभयो ।

https://www.youtube.com/watch?v=1qNigomm0AE