
६ बैशाख, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित हुनुभएको छ । भेगिय नारा लाग्ने संघमा यसपटक कँडेलको जित संगै नयाँ ईतिहास कायम भएको हो ।
कँडेलले आफ्ना निकटम प्रतिद्वन्दी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्नुभयो । कँडेलले ९११ मत ल्याएर विजयीहुँदा खड्काले ८६३ मत प्राप्त गर्नुभएको थियो । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेतले विजयी हुनुभएको छ भने बाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज वम, महिला उपाध्यक्षमा तारा रावत विजयी हुनुभएको छ ।
त्यस्तै महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले विजयी हुनुभएको छ ।
यस्तै महिला सदस्यहरुमा कृति गुभाजु शाक्य र लक्ष्मीकुमारी तिवारी शर्मा विजयी हुनुभएको छ भने सदस्यहरुमा अजय गुरुङ्ग, अर्जुनजङ्ग शाही, गणेश खड्का, दिपक खड्का, पहलसिं बस्याल, विन्द्रप्रसाद जैशी, बुद्ध तामाङ्ग, भुवन ज्ञवाली, रमेश बराल, सागर भूषाल र लक्ष्मण खत्री देवकोटा विजयीहुनुभएको छ ।
त्यस्तै एसोसियट सदस्यमा जनकबहादुर थापा र आरक्षित सदस्यमा सन्तोषकुमार बराइली विजयीहुनुभएको छ ।
को हुन लक्ष्मण कँडेल ?
तत्कालिन गुल्मी दिगाम गाविस २ श्रृंगामा बुवा विष्णु र आमा लक्ष्मी कँडेलका माइलो सुपुत्र हुनुहुन्छ सुर्खेत चर्चित अटो व्यावसायी लक्ष्मण कँडेल ।
सामान्य बाल्यकाल व्यतित गर्नु भएका कँडेल २०५६ माघ १४ बाट व्यवसायीक कर्म बनाउन सुर्खेत प्रवेश गर्नुभएको हो । कँडेलले ३ कक्षामा पढ्दा आफ्नै साथीले काठको गाडी बनाएको देखेर नै अटो व्यवसायमा आफु तानिएको बताउनुहुन्छ ।

९ कक्षामा पढ्दाताकाबाट गाउँबाट नै सामाजिक कार्यमा अघि बढेको अनुभव उहाँ संग रहेको छ । त्यतीवेला गाउँ हुने जुवातास तथा विकृती विसंगती जस्ता कार्यहरुलाई निर्मुल पार्न अनी गाउँमा विभिन्न सामाजिक काम गर्न आफुहरुले एउटा क्लब नै गठन गरेको उहाँ सम्झनुहुन्छ ।
रम्बा चाउचाउको बजार प्रतिनिधी भएर सुर्खेतमा व्यावसायीक कामको शिलशिलामा आफु सुर्खेत आउँदा आफैले नै एकलरुपमा सुर्खेतमा केही व्यावसाय गर्ने सोच राखेर अगाडी बढेको उहाँ बताउनुहुन्छ । त्यतीवेला सुर्खेतमा मोटरसाइकल बनाउने ग्यारेजहरुको कमी देखे त्यतीवेला आफुले पनि मोटरसाइकल बनाउन २दिन पर्खनुपरेकोले पनि अटो व्यावसायमा पनि मोटरसाइकल ग्यारेज नै रोजेको र हाल बजाज मोटरसाइकलकाको सुर्खेतकालागि अधिकृत विक्रेता भएर असिम अटो पार्टस संचालन गरिरहनुभएको बताउनुहुन्छ ।
व्यापारमा लागेपनि केही समय निकालेर भएपनि सामाजिक काममा समेत लाग्नुपर्ने कँडेल बताउनुहुन्छ । यसैक्रममा कँडेलले आफ्नो व्यापारिक संस्था असिम अटो पार्ट्स छात्रबृति पनि केही समय देखि एसएलसी (एसइइ) सर्बोत्तम अंक ल्याउने आफ्ना ग्राहकका छोराछोरीलाई दिइरहनुभएको छ ।
सुर्खेतमा व्यापार गर्ने शिलशिलमा माया बस्दा सुर्खेतमा नै उहाँले घरजम बसाउनुभएका कँडेल एक श्रीमती एक छोरी र एक छोराका पिता हुनुहुन्छ ।




Prawash Kumar Shakya । ६ बैशाख २०७९, मंगलवार ०६:४५ बजे