
२४ जेठ, सुर्खेत । नेवाः देय् दबू जिल्ला कार्यसमिति सुर्खेतले दोश्रो स्थानीय निर्वाचन २०७९ मा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बाट सदस्य पदमा निर्वाचित नेवाः देय् दबूका आजीवन सदस्य कृष्ण श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
मंगलवार (आज) एक कार्यक्रममा सदस्य श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे सदस्य श्रेष्ठले आफ्नो कार्यअवधि भर नेवार समूदायको कला, सांस्कृतिको संरक्षण तथा जगेर्ना गर्नमा पहल गर्नुका साथै महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रमका सभापती नेवाः देय् दबूका जिल्ला अध्यक्ष तिला श्रेष्ठले अब नेवारहरु एक नभई कुनै बिकल्प नरहेको बताउनु भयो । नेवार समूदायहरु आफ्नो कला सांस्कृति धनि भएता पनि पश्चिममा नेवार समुदायहरुको लोप हुदै गएको भाषा, सांस्कृति जगेर्नाका लागी आफू सदैव लागी पर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

दबूका सचिव बालकृष्ण श्रेष्ठले सहजीकरण गर्नु भएको कार्यक्रमा अतिथिहरु नेवाः देय् दबू निर्वतमान केन्द्रिय उपाध्यक्ष मिलन श्रेष्ठ, सल्लाहकार सुन्दरमान श्रेष्ठ, मिसाः देय् दबू कोषाध्यक्ष शिया प्रधान र कमला श्रेष्ठ अतिथि रहनु भएको थियो ।



News Desk । २४ जेष्ठ २०७९, मंगलवार २१:०९ बजे