प्रदेशको मुख्य नाका बबईमा स्वचालित सिसी क्यामेरा जडान


कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य नाका भेरीगंगा नगरपालिका-५, बबई, सुर्खेतमा कर्णाली प्रदेश सरकारले अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरेको छ । प्रदेशको मुख्य नाका भएर भित्रिने तथा बाहिरिने सवारी साधनहरु डिजिटल प्रविधि स्वचालित नम्बर प्लेट पहिचान गर्ने सिसी क्यामरा जडान गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सिसी टिभी क्यामेराको शुभारम्भ गर्दै भन्नुभयो “अब प्रदेशको मुख्य नाका जडान गरिएको प्रविधीले सुरक्षित यात्रा हुनेछ ।”

यो प्रविधीले अब हस्त लिखित गाडीको दर्ता गर्नु नपर्ने भएको छ । सिसी टिभी क्यामेराले आवतजावत गर्ने सवारीहरुकव नम्वर सहितका विवरणहरु कम्प्यूटरमा सुरक्षित हुनेछ । शुभारम्भ कार्यक्रममा कानुन मन्त्रालयका सचिव पुष्पराज शाही, प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख, भेरीगंगा नगरपालिकाका (कावा) नगर प्रमुख, प्रदेश प्रदेश र जिल्ला प्रमुखहरू तथा स्थानीयको सहभागिता रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले भवन र स्वचालित नम्बर पिलेट पहिचान गर्ने सिसी क्यामरासहितको सामाग्री जोडेको बताइएको छ ।