२७ असोज, सुर्खेत । बैंकहरुले चर्को व्याज बढाएर व्यावसायीहरुलाई मानसिक यातना दिएको भन्दै कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरका व्यावसायीहरुले भोली असोज २८ गते बजार बन्द गर्ने भएका छन् ।
आज सुर्खेत उद्योग बाणिज्य संघको अगुवाईमा भएको भेलाले संयूक्त व्यावसायी संघर्ष समिति गठन गर्दै बढ्दो व्याजदरको विरोध गर्दै बजार बन्द गरेको विज्ञप्ती मार्फत जनाएको हो । समितिले मुलुकमा पछिल्लो समय चुलिदै गएको आर्थिक संकटका वीच भरथेग गरेर मूलुकको अर्थतन्त्र धानिरहेको निजि क्षेत्रलाई नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन २०७९ र मार्गनिर्देशनको आडमा आर्थिकको अवसरलाई छोपेर निजि क्षेत्रलाई धरायसी बनाउने बैंकहरुले सिण्डिकेट लगाई कडाई गरेकोप्रति प्रतिवाद गर्न बन्द आह्वान गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बन्दका क्रममा व्यापारिक पसलहरु बाहेक अन्य यातायातका साधन तथा सार्वजनिक कार्यालयहरु भने खुल्ला रहनेछन्।
समितिले आफ्ना मागहरु जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंक सुर्खेत मार्फत नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गर्ने जनाएको छ । साथै असोज मसान्त भित्र बैंकलाई बुझाउनुपर्ने व्याज र किस्ता पनि नतिर्न उद्योगी व्यावसायीहरुलाई आग्रह गरेको छ ।





Prawash Kumar Shakya । २७ आश्विन २०७९, बिहीबार १८:५४ बजे