ड्रागन फ्रुट संघको अध्यक्षमा घर्ती चयन


१३ माघ, सुर्खेत । केही समययता कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा ड्रागन फ्रुटको खेती फस्टाउँदै गइरहेको अवस्थामा यो खेतीमा लागेको किसानहरु संगठित भैरहेकाछन् । यसैवीच आज वीरेन्द्रनगरमा ड्रागन उत्पादक किसान संघको साधारण सभाले कर्णाली ड्रागन फ्रुट फर्म गुमीका किसान हिराबहादुर घर्ती पुनः अध्यक्षमा चयन हुनुभएको छ ।

त्यस्तै सभाले ड्रागन उत्पादन किसान संघ सुर्खेतको उपाध्यक्षमा पद्मा कुमारी रावत वुढा, सचिवमा महेन्द्र प्रसाद खनाल र कोषाध्यक्षमा समीर खत्री चयनलाई चयन गरेको छ भने सदस्यहरुमा मनिषा डागी, ज्ञान वहादुर नेपाली र परशुराम धमलालाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष घर्तीले संघले ड्रागन उत्पादन गर्दै आएका किसानको समस्याहरुलाई सरकार समक्ष बुलन्द आवाज उठाई समस्या समाधान गर्न सँधै अग्रसर हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ “हाम्रो ठाँउमा बाँझै रहेका प्रशस्त जग्गाहरु छन् त्यस्ता ठाँउलाई यूवापुस्ताले विदेशिन छाडेर केही गर्न सक्ने भएकोले त्यस तर्फ सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

नवनिर्वाचित घर्ती अहिले वेमौसममा पनि ड्रागन फालाउनकालागि आफ्नो फर्ममा रात्रीको समयमा बत्तीको सहायताले खेतीमालागि पर्नुभएको छ ।