९ फागुन, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ग्याल्पो ल्होसार २०७९ को हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख परियारले एक विज्ञप्ती जारी गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको हो । विज्ञप्तीमा विविधताले भरिपूर्ण समृद्ध नेपालीहरुको सँस्कृति भित्र शेर्पा समुदायले मनाउने चाडपर्व र अपनाएको सँस्कृतिक परम्पराको वेग्लै महत्व रहेको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तीमा मुलुकमा मनाइने यस्ता चाडपर्व सँस्कृतिहरुको संरक्षण र सम्वर्द्धनबाट विश्वसामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्न सकिने भएकोले त्यसतर्फ सबैको ध्यान पुग्न आवश्यक रहेको उल्लेख गरिएको छ ।




Prawash Kumar Shakya । ९ फाल्गुन २०७९, मंगलवार १२:१९ बजे