छिमेक लघुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न


२७ असोज, सुर्खेत । छिमेक लघुवित्त वित्तिय सस्था लि शाखा कार्यालय सुर्खेतले वित्तिय साक्षरता (financial literacy) कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने सेवा सुबिधा, नीति नियम, सम्पती शुद्धिकरण लगायत वित्तिय अनुशासन पालन नगर्दा पर्ने अप्ठ्यारो, कबुल गरे बमोजिम कर्जा नतिर्दा हुने समस्या, कालो सुचिमा पर्ने कारण तथा त्यस्बाट ऋणि तथा साक्षी \जमानी र उनिहरुको परिवारलाई पर्ने समस्याको विसयम जानकारी गराइएको थियो । साथै वर्तमान समयमा केही तत्वहरुले वित्तिय सस्था प्रति गलत सोच र भ्रामक समाचार सम्प्रेषण गरि आम सर्बसाधारण र जनमानसमा वित्तिय सस्था प्रतिको जनविश्वास कम गर्ने क्रियाकलाप गरेको पाइएकोले तेस्ता भ्रामक समाचार र तेस्ता तत्वहरुको कुराम नलागी छिमेक लघुवित्त वित्तिय सस्था प्रती पुर्ण विश्वोस्त हुन समेत अनुरोध गरिएको थियो।

सुर्खेत शाखाको आयोजनामा सन्चालित कार्यक्रम संस्थाका ग्राहक संरक्षण तथा सामाजिक बिकास विभाग अन्तर्गत कार्य गर्ने निशान श्रेष्ठ तथा सुर्खेत शाखाका शाखा प्रबन्धक मान बहादुर रानाले सन्चालन गर्नुभएको थियो ।