कलाकार तथा मोडेल विसीको निधन, अन्त्येष्ठी केही दिनमा हुने


२३ कार्तिक, काठमाडौं । सुर्खेती कलाकार एवं मोडेल दिपाशा विसी “जलपरी”को निधन भएको छ । स्वास्थ्यमा अपठेरी महशुस भएपछि विसीलाई गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

विसी विषेशत मोडलिङ्ग क्षेत्रमा चर्चित र राम्रो नृत्यङ्गना मानिनुहुन्छ । उहाँले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गर्नुभएको थियो ।

आज मात्र युट्युवमा भरत शाही ठकुरीको झ्याउने गित सुनमाया रिलिज भएको छ । कलाकार शाहीका अनुसार विसीका आमा रोजगारको शिलसिलमा देश बाहिर रहनुभएकोले आमा आइपुग्ने वित्तिकै अन्त्येष्ठी गरिनेछ ।