नेपालमा बालश्रम र बाध्यकारी श्रमको अवस्थाका बारे कार्यपत्र प्रस्तुत


२९ चैत्र, सुर्खेत । बालश्रम तथा बाध्यकारी श्रम निवारणको लागि कर्णाली प्रदेश स्तरिय छलफल कार्यक्रम आज प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

५ वटा विषयमा कार्यपत्र अवधारणा पत्र प्रस्तुत गरिएको कार्यक्रममा अन्तराष्ट्रिय श्रम संगठनका राम नेपालीले नेपालमा बालश्रम र बाध्यकारी श्रमको अवस्थाका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपाल सरकारको तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव बसन्त कुमारले नेपाल सरकारले बालश्रम तथा बाध्यकारी बालश्रम निवारणकालागि बनाइएका नियमकानुनहरु तथा सरकारी तर्फबाट भएका प्रयासहरु स्थानिय निकायका घोषणा गर्ने कार्यविधी प्रस्तुत गर्नुभयो ।

यस्तै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका महिला बालबालिका शाखा प्रमुख अनिता ज्ञवालीले कर्णाली प्रदेशमा वालश्रमको अवस्था बारे प्रदेशबाट भएका प्रयासहरु स्थानिय निकाबाट भएका प्रयासहरु सरोकारवालाहरुको भुमिकाको अवगत गराउनुभएको थियो भने एलाइन्स ८.७  का फोकल पर्सन नुतन शर्माले एलाइन्सको कार्यक्षेत्र, भूमिका र के के गर्दै छ भन्ने बारेमा जानकारी दिनुभयो । त्यस्तै वर्ल्ड भ्यु नेपालका बिश्वमणी पोख्रेलले बालश्रम तथा बाध्यकारी वालश्रम एक कलंकहो यस्को सबै मिलेर जरैदेखि उखेलेर फाल्नु पर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिती, प्रदेश सरकार, नगरपालिका तथा गाँउपालिका प्रमुख र उपप्रमुख, कर्णाली प्रदेश नगरपालिका संघ, कर्णाली प्रदेश ट्रेड युनियन गाँउपालिका राष्ट्रिय महासंघ, कर्णाली प्रदेश हलिया महासँघ, पत्रकार महासँघ लगाएत वालश्रम निवारणको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तराष्ट्रिय श्रम संगठन आइएलओको आयोजना र वर्ल्ड भ्यु नेपाल नेपालको समन्वयमा सम्पन्न भएको हो ।