दुर्गमका कुरा गर्दा कर्णाली जोड्ने गरेको तितो कुरा सुन्नु परेको छः प्रदेशसभा सदस्य कँडेल


३० भाद्र, सुर्खेत । कर्णाली प्रदेश सबैकुराले भरिपूर्ण भएपनि पछि परेको कर्णाली प्रदेश सभाका सदस्य यामलाल कँडेलले बताउनुभएको छ ।

कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) को आज वीरेन्द्रनगरमा सम्पन्न ११ औं बार्षिक साधारण सभाको शुभारम्भ गर्दै कँडेलले यस्तो बताउनुभएको हो । कँडेलले कर्णाली प्रदेशको पहिलो सरकारको नारा “डिजिटल कर्णाली” केवल नारामा मात्र सिमित भएको आरोप लगाउनुभयो । उहाँ भन्नुहुन्छ “अघिल्लो सरकारले नारा त बनायो तर नारालाई सार्थक पार्न कुनै कार्यक्रम गर्न सकेन अनी कहाँबाट बन्छ डिजिटल कर्णाली ?” कर्णालीको विकासमा क्यान महासंघको पनि महत्वपूर्ण भूमिका हुनसक्छ तर सरकारको भने त्यता तर्फ ध्यान नै छैन् । हाईटेक कर्णाली भन्यो त्यो कार्यक्रम पनि शुन्यमा परिणता छ । समय यस्तो भएको छ कि अन्य प्रदेशकाले आफ्नो ठाँउको दुर्गमका कुरा गर्दा कर्णाली जोड्ने गरेको तितो कुरा सुन्नु परेको छ । त्यसैले क्यान महासंघले गर्ने डिजिटल कर्णालीका हरेक कार्यमा आफ्नो तर्फबाट सहयोग गर्नेछु । कँडेलले भन्नुभयो ।

त्यस्तै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रविधी सँगसँगै आम समुदायपनि स्मार्टमा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “संस्थाले सदस्य बढाउनुभन्दा काममा पैरवी हुन जरुरी रहेको छ । “

सभाले जिल्ला शाखाको कोषाध्यक्षमा मानबहादुर खड्कालाई चयन गरेको छ भने सहसचिव मेलिना मल्ललाई चयन गरेको छ । त्यस्तै सदसय्मा मुकेशकुमार वलीलाई चयन गरेको छ । यस्तै कार्यक्रममा क्यान कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्दले आफ्नो भनाई राख्नुभएको थियो ।

जिल्ला अध्यक्ष लोकेन्द्रबहादुर गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्यान कर्णालीका सचिव तिलक आचार्यले स्वागत् गर्नुभएको थियो भने सचिव उपेन्द्र मल्लले सहजीकरण गर्नुभएको थियो ।