
२९ माघ, काठमाण्डौं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नलेखेर कृष्णप्रसाद भट्टराइको नाम राखि ईतिहास बंग्याएको भन्दै आन्दोलन गर्दै आएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आज पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचनमा विरोध जनाएको छ ।
फोनिजले उक्त पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नलेखेर कृष्णप्रसाद भट्टराई नै उल्लेख गरी इतिहास बंग्याउँदै पुस्तक विमोचन गरेको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले विराेध जनाएकाे हाे ।

फोनिजका महासचिव मिलन लिम्बुले २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ अध्यक्ष भएको पुष्टि भइसक्दा पनि नेपाल पत्रकार महासंघले २०१२ सालमा नेपाल पत्रकार संघका अध्यक्ष बन्नु भएका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष अध्यक्ष मानिएपछि आफूहरूले विरोध बताउनुभयो । हामीले पत्रकार महासंघको संस्थापक अध्यक्षको टुंगो नलागे सम्म कुनैपनि गतिविधी नगर्न पटक–पटक ध्यानाकर्षण गराएपनि महासंघ कुनै कदम चालेन । हामीले गलत तथ्यलाई स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन भएको भन्दै विमाेचन रोक्न महासचिव लिम्बूले शनिबारै प्रेस विज्ञप्ति जारी गरेका थियौं । तर पत्रकार महासंघले त्यता ध्यान नै नदिएर कार्यक्रम आयोजना गरेकोले हामीले विरोध गरेका हौं ।
भिडियो श्रोतः https://www.facebook.com/yashodabhujele



Prawash Kumar Shakya । २८ माघ २०८०, आईतवार १७:३१ बजे