चितवनमा १ सय १७ पिन्ट रगत संकलन


१ फागुन, चितवन / राेटरी क्लब अफ चितवन र राेटय्राक क्लब अफ चितवनकाे संयुक्त आयाेजनामा चितवनको चाैबिसकाेटीमा आज (मंगलबार) एक बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता,”रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक”,”रगत महानायक” स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले राेटय्राक क्लब अफ चितवनका अध्यक्ष राे.प्रभा गुरूङ्गलाई र बाजुरादेखि आउनुभएका सरिता रावललाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिकास थापाले “रक्तदाता सम्राट” कर्माचार्यलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्न पाउँदा खुशीलागेको बताउनुभयो ।

सम्मान ग्रहण गर्दै कर्माचार्यले भन्नुभयो “यो सम्मानले आफूमा अझै रक्तदानका क्षेत्रमा काम गर्न अझै उर्जा थपेको बताउनुभयो ।” नेपाल स्वयंसेवी रक्तदाता समाज चितवन जिल्ला शाखाका पूर्व अध्यक्ष एवं सार्जेन्ट एट आर्म राेटरी क्लब अफ चितवनका संयाेजक राे.मनाेज बर्णवालले संयोजन गर्नुभएकव कार्यक्रमकाे सभापतित्व राेटरी क्लब अफ चितवनका अध्यक्ष राे.चन्द्रेश्वर प्रसाद भट्टराईले गर्नुभएको थियो । उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा १ सय १७ जनाले रक्तदान गर्नुभएको आयोजकले जनाएको छ ।