३ नयाँ मन्त्रीले लिए सपथ


फोटोः onlinekhabar.com

२१ फागुन, काठमाडौं । देशमा सत्ता समिकरण परिवर्तन भए सँगै आज नै ३ जनाले नेपाल सरकारको  मन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरु नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई पद तथा गोपनीयताको शपथ गराउँनुभएको हो ।

देशमा नयाँ राजनिति गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनमा रहेका दलबाट एक एक जना सहभागी मन्त्रिपरिषद गठन गर्नुभएको छ भने जसपा सरकारमा सहभागी हुन् बाँकी रहेको छ ।