
पवन जायसवाल ।
३ भाद्र, बाँके । बाँकेको नेपालगन्जमा श्री गुरु पूजन उत्सव सम्पन्न गरिएको छ । हिन्दू स्वयंसेवक संघ नेपाल बाँकेको आयोजनामा श्री गुरु पूजन उत्सव सम्पन्न भएको हो ।
संघ कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका संभाग प्रचारक बिकुल दाहालद्वारा सञ्चालित कार्यक्रममा आद्य सरसंचालक डा. केशव वलीराम हेडगेवर, परम पूज्यनीय सदाशिवराज गोलगेवार (श्री गुरुजी)को तस्वीरमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने संघ नेपालगन्जका सन्तोष खनालले ध्वजा रोहण र प्रार्थना प्राथर्ना गर्नुभएको थियो ।
हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगन्ज बाँकेका जिल्ला संघ चालक फूलचन्द तिवारीको अध्यक्षतामा सम्पन्न पूजन कार्यक्रममा पूर्व मन्त्री सर्वदेव ओझा, मधेशी आयोग सदस्य तथा समाजसेवी बिजय गुप्ता, वरिष्ठ अधिवक्ता तथा समाजसेवी गिरिवर प्रसाद अग्रवाल, नेपाल जडीबुटी व्यवसायी संघ नेपालगन्जका अध्यक्ष टंक प्रसाद शर्मा, प्रमुख वक्ता, राष्ट्रीय संगठन सचिव बासुदेव मिश्रले आ–आफना बिचार राख्नुभएको थियो ।
कार्यक्रममा विभाग संघ चाकल, नरैनापुर गाउँपालिकाका कार्यबाह तथा अधिवक्ता रामकुमार दिक्षित, डुडुवा गाउँपालिका कार्यबाह अशोक कुमार मौर्य,डुडुवा गाउँपालिका का कार्यबाह गुरुदीन यादव, स्वयंसेवक तथा कार्यालय प्रमुख हीरालाल मार्या, पशुपति शिक्षा मन्दिर नेपालगन्जका प्राचार्य रतन बहादुर शाही, जिल्ला कार्यबाह ( सचिव) ध्रुवराज शर्मा लगायत विभिन्न पालिकाबाट हिन्दू स्वयंसेवक उद्योगी, व्यवसायीहरुको गुरुदक्षिणा कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । ४ भाद्र २०८१, मंगलवार १२:०९ बजे