अर्चना पनेरुलाई लिएर राजुले ‘जिस्म’ बनाउने


९ फागुन, पर्दामा नायिकाको उत्तेजक दृख्य खिच्न सिपालु मानिएका निर्देशक राजु गिरीले अब ‘जिस्म’ नाम चलचित्र बनाउने भएका छन् ।
उनले बनाउन लागेको यो चलचित्रको मुख्य भूमिकामा पोर्न स्टार बन्छु भनेर चर्चामा आएकी अर्चना पनेरु नायिकाको रुपमा अनुवन्धित भएकी छिन् । अर्चनाको ग्ल्यामर रुपलाई पर्दामा देखाइने राजुको भनाई छ ।
अनलाइनखबरलाई राजुले दिएको जानकारी अनुसार अर्चनालाई ४ लाख पारिश्रमिक दिएर यो चलचित्रमा लिइएको हो । उनले हाइलाइट्स नेपालले १० लाख दिएर भीसीडी राइट्स किनेको पनि बताएका छन् ।
राजु गिरी प्रोडक्शन र एबी रामारोशन प्रोडक्शनको ब्यानरमा यो चलचित्र बन्न लागेको हो । चलचित्रको कथा आफूले केही समय पहिला नै तयार पारेको उनले बताए । फागुन १४ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ ।
चलचित्रमा अर्चना पनेरु, सुरेन्द्र बुडा, पुरन थापा मुख्य भूमिकामा रहनेछन् । चलचित्रमा योगेश काजी वीसीको संगीत, रामेश्वर कार्कीको छायांकन रहनेछ । अर्चनाले चलचित्रमा आफूले कथाले मागेजती ग्ल्यामर दिने बताएपनि राजुले भने अत्याधिक उत्तेजक दृश्य नखिच्ने बताएका छन् ।
राजु गिरीले निर्देशन गरेका चलचित्र सधै नै विवादमा रहन्छन् । अर्चनाको हट जवानीलाई अब सृेन्सर बोर्ड र त्यसपछि दर्शकले कसरी लिने हुन्, प्रतिक्षा गर्नैपर्छ ।

साभारः अनलाइन खबर