

वीरेन्द्रनगर १४ बयलकाँडामा रहेको ऐतिहासिक गढी क्षेत्रमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको चौथो बैठक सम्पन्न भएको छ । महासंघका अध्यक्ष सुशिलराज शर्माले आम पत्रकारहरुको साझा हकहित र पेशागत सुरक्षाका नित्ति गोलबद्ध हुने प्रण गर्दै ४ बुँदे गढी घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ शाखा, सुर्खेतको ४ बुँदे घोषणापत्रको पहिलो बुँदामा वीरेन्द्रनगर १४ स्थित ऐतिहासिक गढी अध्ययन् अनुसन्धान गरी पुनः निर्माणकालागि सम्वन्धित निकायलाई अपिल गर्ने । त्यस्तै दोश्रो बुँदामा गोठीकाँडाका विषेश पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न यस क्षेत्रलाई जोड्ने शहिदपार्क-गढी पदमार्गको पूर्णता दिन र गढी-वीरेन्द्रनगर १, वैकल्पिक सडकमार्ग निर्माण प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको ध्यानाकर्षण गराउने । तेश्रो बुँदामा वीरेन्द्रनगर नगरपालिकाकालाई यथाशिघ्र सञ्चार कानुन निर्माण गर्न माग गर्ने र चौथो बुँदामा वीरेन्द्रनगरमा सञ्चालित सञ्चार माध्यमहरुको विकास र दिगोपनकालागि सञ्चार माध्यम मार्फत जनतालाई सुसुचित गर्ने कार्यक्रमहरु सञ्चालन गर्नुका साथै स्थानीय सरकारबाट प्रकाशन/प्रशारण गरिने विज्ञापनहरु प्रकाशन/प्रशारण गर्दा स्थानीय सञ्चार माध्यमहरुलाई प्राथमिकता दिने रहेको छ ।
त्यस्तै महासंघले सोही अवसरमा वीरेन्द्रनगर नगरपालिकाले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । अन्तरक्रियामा नगरप्रमुख मोहनमाया ढकालले पत्रकार महासंघ र पत्रकारहरुका माग तथा सल्लाहका आधारमा अघि बढ्दै ‘गढी वीरेन्द्रनगरको पर्यटकिए क्षेत्र भएकोले वीरेन्द्रनगर आउने पर्यटकहरुलाई एकपटक गढी पुग्नै पर्ने ध्ययेका साथ विकास निर्माणको काम अघि बढाइने बताउनुभयो ।
Prawash Kumar Shakya । २९ फाल्गुन २०८१, बिहीबार २०:५७ बजे