बाँकेको डुडुवा सिलाई तालिम


पवन जायसवाल

नेपालगञ्ज÷(बाँके) । बाँकेको डुडुवा गाउँपालिका वड़ा नं ६ भंघोटना गाउँमा ६ महिनाको लागी सिलाई प्रशिक्षण केन्द्र सञ्चालन भएको छ । विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभागद्वारा भगिनी स्वालम्बन योजना अन्तर्गत सिलाई प्रशिक्षण केन्द्र डुडुवा गाउँपालिका वड़ा नं ६ भंघोटना गाउँमा ६ महिनाको लागी सञ्चालन गरिएको हो ।

सिलाई प्रशिक्षण केन्द्रमा ३० जना महिलाहरुले ६ महिनाको प्रशिक्षण लिई रहेका छन् । आवश्यकता अनुसार थप पनि गर्न सकिने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभाग राष्ट्रिय प्रमुख कृष्णा देवी पाण्डेय विशिष्ट अतिथि धनुषधारी पाण्डेय विश्व हिन्दू परिषद नेपाल कर्णाली लुम्बिनि संभाग सचिव कृष्ण मुरारी प्रसाद भट्ट, विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेश उपाध्यक्ष, रामशंकर द्विवेदी, विश्व हिन्दू परिषद नेपाल बाँके जिल्ला अध्यक्ष सञ्जय बर्नवाल विश्व हिन्दू परिषद नेपाल बाँके जिल्ला कोषाध्यक्ष राजकुमारी मौर्या विश्व हिन्दू परिषद नेपाल डुडुवा गाउँपालिका मातृशक्ति विभाग संयोजक एवं विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।