बौद्ध ग्रामिणको कर्जा व्यवस्थापन तालिम सम्पन्न



२४ साउन । सुर्खेत । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि.ले आज आफ्ना कर्मचारीहरुकालागि कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
संस्थाका विभिन्न शाखा तथा उपशाखाका १६ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको तालिममा कर्जा वितरण, विश्लेषण र व्यवस्थापनका विषयमा रही कर्मचारीहरुको कार्यक्षमतालाई थप उर्जाशिल र सिर्जानात्मक गराउनका लागी ३ दिने कर्जा व्यवस्थापन तालिमको आयोजना गरिएको हो ।

तलिमका विषयवस्तुका बारेमा संस्थाका वरिष्ठ प्रबन्धक विशाल के.सी, सहकारीका प्रबन्धक सरोज विष्ट, प्रबन्धक अशोक चौधरी, डम्मर विश्वकर्मा र आन्तरिक लेखा परिक्षक रामु सुवेदी लगायतले प्रशिक्षण दिनु भएको थियो ।

तालिममा कर्मचारीहरुमा सकारात्मक सोच र नेतृत्व विकास निमार्णमा सहयोग गर्ने उद्देश्यले गेहेन्द्र प्रसाद दाहाल र जीवन कुमार शाक्यले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका सचिव पासाङ महतराले संस्थाले प्रत्येक कर्मचारीहरुको अभिभावक बनी उनीहरुलाई कुशल र सफल बनाउनका लागी आवश्यक प्रभावकारी तालिमहरुको आयोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
तालिमलाई समापन गर्दे संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापत्ति पञ्च सिं रोकायाले कर्मचारीको प्रगति हुनु नै संस्थाको प्रगति र संचालित कार्यक्रमहरुले उद्देश्य प्राप्ती गर्नु हो भन्दै कार्यालय,सदस्य र आफनो कार्यक्रम प्रति सधै कर्मचारी इमान्दार हुनु पर्नेमा जोड दिनु भएकोथियो ।