९ भदौ, काठमाडौं । आजीवन प्रतिवन्धविरुद्ध नेपाली चार फुटबल खेलाडीले गरेको अपील खारेज भएको छ । एशियाली फुटबल महासंघ (एएफसी)को अपील कमिटीले चार खेलाडी र एक प्रशिक्षकको प्रतिवन्धविरुद्धको अपील खारेज गरेको हो ।
एएफसीले म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप राईसँगै प्रशिक्षक अन्जन केसीमाथि गत डिसेम्बरमा प्रतिवन्ध लगाएको थियो । त्यसविरुद्ध उनीहरुले गरेको अपीललाई अपील कमिटीले खारेज गरेको एएफसीले जनाएको छ ।
साभारः कान्तिपूर अनलाइन



Prawash Kumar Shakya । ९ भाद्र २०७३, बिहीबार १६:३० बजे