गुवाहाटी–उसुकी निमा घर्तीमगरले १२ औँ दक्षिण एसियाली खेलकदुमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी छिन् ।
सिलोङमा भएको प्रतिस्पर्धामा सोमबार निमाले थाउलोको छान छ्वान अलराउन्डमा स्वर्ण पदक जितेकी हुन्। उनले पहिलोमा ८.४३ र दोस्रो चरणमा ८.४६ अंक बटुलेकी हुन्। सो स्पर्धामा भारतीय खेलाडीले रजत र पाकिस्तानी खेलाडीले काश्य पदक जिते। रुकुम घर भएकी १६ वर्षीया उनी डनबस्को कलेजमा १० कक्षामा अध्ययन गर्छिन्। यसैगरी उसु खेलाडी युवराज थापाले नानक्वान अलराउन्डमा रजत पदक जितेका छन्। उनले पहिलो चरणमा ८.८८ र दोस्रो चरणमा ९.२१ सहित कुल १८.१३ स्कोर गरे। खेलको दोस्रो दिन सबभन्दा बढी अंक बनाएपनि पहिलो दिनको प्रदर्शनले युवराजले रजतमा चित्त बुझाउनुपर्यो। इुवराज स्वर्ण पदक जित्ने भारतका खेलाडीभन्दा मात्र ०.७ अंकले पछाडि रहे ।
साभारः नागरिक न्यूज



Milan Shrestha । २५ माघ २०७२, सोमबार ०८:२६ बजे