नगरपालिकाले किसानलाई विउविजन अनुदानमा दिने कार्यक्रम असफल (भिडियो सहित)


१७ जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारीले देश लकडाउनमा छ यही कारणले कर्णालीमा खाद्य संकट हुने देखिएको अवस्थामा वीरेन्द्रनगर नगरपालिकाले नगरका खेतवारी बाँझो नराख्ने निती अनुसार विउविजन अनुदानमा दिने कार्यक्रम ल्यायो तर यतिवेला यो कार्यक्रम नाम मात्रको भएको छ ।

नगरपालिकाले उपत्यकाका खेती योग्य जमिनमा बाँझो नराख्ने भन्दै किसानहरुलाई अनुदानमा विउ तथा मल दिने निती अनुरुप वडा मार्फत किसानहरुलाई चाहिने विउविजन तथा मलको लगत मागियो तर यति बेला किसानहरु आफूले माग गरे अनुसारको विउ तथा मल नपाउँदा आक्रोशित बनेका छन् । लाटीकोइलीका किसान आशा चौधरी भन्नुहुन्छ । हामीलाई विउ र मल अनुदानमा दिने भनेर टोलविकास मार्फत चाहिने जतिको नामावली लिएर गए विउ आउँछ भन्दै दिन हेर्दै बस्यो तर भनेको विउ आएन यो त सिँधै धोका भयो दिन नसक्ने भए किन नाम टिप्नु ? यो नगरपालिकाले किसानलाई धोका दिएको छ ।

त्यस्तै अर्का किसान रत्न घिमिरे भन्नुहुन्छ “यसपटक नगरपालिकाले नयाँ कार्यक्रमको नाममा किसानलाई ठूलो धोका दिएको छ । एक लकडाउनले गर्दा कतै गएर विउ ल्याउन सकिएको छैन त्यसैमा विउ दिने नामा नगरपालिकाले हात्ती आयो हात्ती आयो फुस्सा गराइ दियो ।

यसैविषयमा वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसी भन्नुहुन्छ । “कार्यपालिकाले राहत दिनुपर्छ भन्ने मनसायले विकासका बजेटलाई रकामान्तर गरेर आकस्मिक निर्णय गरेर अहिलेको महामारीलाई हेरेर नै यो कार्यक्रम ल्याएको थियो तर अन्तिम समयमा यो कार्यक्रम गर्दा हामी सफल हुन सकेनौ । यहाँ किसानले प्राय हाइव्रिड धान लगाने गरेको पाइयो तर सरकारले त्यो धानको विउमा प्रोत्साहन नदिने भएकाले पनि गाह्रो भएको हो । अर्को तर्फ लकडाउनले गर्दापनि भनेको जस्तो विउविजन पाउन हामीले सकेनौ । केही मात्रामा विउ वितरण त गर्यौ तर भनेको जति विउ नपाउँदा किसान रिसाउन स्वभाभिक पनि हो । विउकोलागि अग्रिम अर्डर गर्नुपर्ने रहेछ हामीले अन्तिम समयमा यो कार्यक्रम गरेको हुनाले पनि सफल हुन नसकेका हौं ।”