उसुमा स्वर्णसहित दर्जन पदक


गुवाहटी-दक्षिण एसियाली खेलकुदको १२ औं संस्करणमा उसु खेलाडीले नेपालका लागि कुल १ स्वर्ण, १० रजत र १ कांस्य पदक दिलाएका छन्। यसपल्ट सिलोङमा जारी उसु प्रतिस्पर्धाको अन्तिम दिन बुधबार झरना गुरुङसहित हरिप्रसाद गोले, सविता राई, जुनी राई, विन्दु पुन मगर र राजेश चौधरीले रजत पदकमा चित्त बुझाउनुपरेको थियो ।उसुबाट यसअघि निमा घर्तीमगरले स्वर्ण, विजय सिंजाली, सुस्मिता तामाङ, युवराज थापा र विश्व बुढामगरले रजत तथा सरोज पुनले कांस्य पदक दिलाएका थिए ।
साभारः नागरिक न्यूज