१९ बैशाख, सुर्खेत वाइ वाइ कर्णाली प्रिमियर लिग केपिएल २ मा भोली सेमीफाईनलका दुई वटा खेल हुने भएका छन । स्थानिय कालुन्चोक किक्रेट मैदानमा हुने पहिलो खेल न्यू होराईजन बुटवल र घरेलुटोली कर्णाली ११ को टोली वीच हुनेभएको छ ।
कर्णाली ११ लगातार तिन खेलमा जित हातपार्दै उच्च मनोबलका लिएर घरेलु दर्शकको साथमा मैदानमा उत्रिदैछ । यता बुटवल भने कर्णालीलाई उसकै घरेलु मैदानमा पराजित गर्दै फाईनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रदै छ।
कर्णाली समुह ए को विजेताको रुपमा सेमिफाईनलमा पुग्दा बुटवल समुह बी को उपविजेता बन्दै सेमिफाईनलमा स्थान बनाएको हो । यस्तै भोली नै हुने अर्को खेलमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेका दुई विभागिय टिम त्रिभुवन क्लब आर्मी र शसस्त्रको एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।
एपिएफ लगातार तिन खेल जित्दै ६ अंककासाथ समुह बिजेताको रुपमा सेमिफाईनल पुगेको हो भने आर्मी उपविजेता बन्दै ४ अंक सहित सेमिफाईनल प्रबेश गरेको हो । जारी प्रतियोगिताको विजेताले पाँच लाख हात पार्दा उपविजेताले दुईलाख पाउने छन् ।



Milan Shrestha । १९ बैशाख २०७६, बिहीबार १८:३० बजे