२५ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको सुपर लिगको प्ले अफ सेमिफाइनलमा पाकिस्तान प्रतिद्वन्द्वी पाएको छ । विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । भारतले श्रीलंका र बंगलादेशले वेष्ट इण्डिज प्रतिद्वन्द्वी पाएको छ । यससँगै पाँचौं स्थानका लागि प्ले आफ सेमिफाइनलको ड्र समेत सार्वजनिक भएको छ । सुपर लिगको प्ले अफमा नेपाल र पाकिस्तान तथा नामिबिया र इंग्ल्याण्ड भिड्नेछन् । नेपाल र पाकिस्तानको खेल फतुल्लाहमा भोलि मंगलबार हुनेछ । सुपर लिगको प्ले अफ सेमिफाइनलमा विजेता दुई टीमले पाँचौं स्थानका लागि खेल्नेछन् भने पराजित हुने टीमले सातौं र आठौं स्थानका लागि खेल्नेछन् ।
साभारः अनलाइन खबर



Milan Shrestha । २५ माघ २०७२, सोमबार १४:२२ बजे