कमल खत्री “जले म जले” (भिडियो)


काठमाडौं । गायक कमल खत्रीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘आत्मामा’ गीतबाट लोकप्रिय बनेका गायक खत्रीले बिहीबार ‘जलें म जलें’ बोलको गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।

सञ्चारकर्मी नरेश भट्टराईको शब्द रहेको गीतमा गायक स्वयमको संगीत रहेको छ । विभोर पोखरेलले निर्देशन गरेको भिडियो रिवेल इन्टरटेन्मेन्टले बजारमा ल्याएको गायक खत्रीले बताए ।

भिडियोमा शुवेचन र वर्षा शिवाकोटीले मोडलिङ गरेका छन् ।

 

साभारः बाह्रखरी अनलाइन