
सुर्खेती माटोलाई कर्मभूमी बनाएर कलाकारिताको क्षेत्रमा होमिएका कलाकार कुमार कार्कीले “हौला भेट नमरी बाँचे त”को सफलता पछि यस गितको भाग २ “देश म जाने वेलैमा” बोलको गित आज युट्युवबाट सार्वजनिक गर्नुभएको छ ।
गितमा सुर्खेत कै चर्चित गायक शिव संगितको स्वर रहेको छ । शिव संगितलाई अहिलेका चर्चित गायिका शान्ति श्री परियारले साथ दिनुभएको गितमा कूलमान नेपालीले लय भर्नुभएको हो । त्यस्तै गितको भिडियोको निर्देशन श्रीनाथ फिल्मस् का निर्मल प्याकुरेले गर्नुभएको छ । सुर्खेत कै अर्का चर्चित नृत्य निर्देशक चन्द्र मन्दीरले नृत्य निर्देशन गर्नुभएको गितमा स्वयं प्रेमदेव गिरी, कुमार कार्की, नन्दा बस्याल, याम आचार्य, जनक तारामी, बविता बाँकाबाल, पवन कुमार योगी, अमिशा मगर, दिलु बुढा मगर र जानकी पुनको अभियन तथा नृत्य रहेको छ ।
निर्देशक निर्मल प्याकुरेलले कलरिङ्ग गर्नुभएको गितको छायाँङ्कन देवप्रसाद प्याकुरेलले गर्नुभएको छ । गितलाई सर्जक कुमार कार्कीको युट्युव च्यालन A1 ENTERTAINMENT बाट हेर्न सकिने छ । सर्जक कार्कीले हाल सम्म ७ वटा गित सार्वजनिक भैसकेका छन् ।
Prawash Kumar Shakya । ३० चैत्र २०८१, शनिबार १९:०४ बजे