दैलेखमा ४ नगरपालिका र ७ गाउँ पालिका प्रस्तावित


14938094_1240230006034732_7372057511267016917_nदैलेख, २१ कात्तिक । स्थानीय तह पुनर्संरचना आयोगको नयाँ मापदण्ड अनुसार दैलेखमा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिकाको प्रस्ताव गरिएको छ । आयोगले जिल्लामा ८ देखि ११ वटासम्म स्थानीय इकाई बनाउन मापदण्ड बनाएअनुसार दैलेखमा ११ स्थानीय इकाईको प्रस्ताव गरिएको हो ।

राजनीतिक दल र जिल्लास्थित प्राविधिक समितिको बैठकले स्थानीय इकाईको नाम, संख्या र केन्द्रमा सहमति जुटाएको हो । दुई वटा निर्वाचन क्ष्ोत्र रहेको दैलेखमा निर्वाचन क्षेत्र नम्बर १ मा १ नगरपालिका र ५ वटा गाउँपालिका बनाउने समिति भएको छ भने निर्वाचन क्षेत्र नम्बर २ मा ३ नगरपालिका र २ गाउँपालिका बनाउने सहमति भएको छ ।

जिल्ला स्थित सबै राजनैतिक दल र प्राविधिक समितिको बैठकले ११ वटा स्थानीय इकाईको नाम, संख्या तथा सीमांकन टुंग्याएको छ । क्षेत्र नम्बर १ मा नारायण नगरपालिका, महाबु गाउँपालिका, नौमुले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुराँस गाउँपालिका बनाएको छ ।

हालको नारायण नगरपालिकामा विन्ध्यावासिनी, भवानी र आधार खरिगैरा गाभेर नारायण नगरपालिका बनाउने निर्णय भएको छ । यस नगरपालिकाको केन्द्र हालकै रहने छ । यस्तै काँशिकाँध, रानीवन, बाँसी र बडाखोलालाई गाभेर महाबु गाउँपालिका बनाइने छ । यसको केन्द्र गैँडाबाज रहने छ ।

तोली, नौमले, बालुवाटार, कालिका, द्धारी, सल्लेरी र चौराठा गाभेर नौमुले गाउँपालिका बनाउने सहमति भएको छ । यसको केन्द्र नौमुले रहने छ । यस्तै पगनाथ, जगनाथ, महेलतोली रुम, कट्टी र बडाभैरव गाभेर भगवतीमाई गाउँपालिका बनाइने छ । यसको केन्द्र बेस्तडा रहने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

साभारः खबरइरा अनलाइन