कालिकोटका विद्यालयहरुमा शैक्षिक सामाग्री प्रदर्शन


अभिषेक सिंह

१५ भाद्र । कालीकोट । युनिसेफको आर्थिक सहयोग बिश्व शिक्षाको प्राबिधिक सहयोग, जिल्ला शिक्षा कार्यालयको समन्वय तथा किर्डाक नेपाल कालिकोट द्वारा कालिकोट पचाल झरना गाँउपालिका अन्तरगर्त वडा नं ६ मा रहेको जनप्रिय आधारभुत बिद्यालयमा आज शैक्षिक सामाग्रीको प्रदर्शन गरिएको छ ।

प्रारम्भिक तह कक्षा पढाई सिकाई कार्यक्रम अन्तरर्गत शैक्षिक सामाग्री प्रदर्शन गरिएको कार्यक्रमका उत्प्रेरक सत्य वुढाले वताउनु भयो ।

यसै गरि कालिकोटकै रास्कोट नगरपालिकाको वडा नं ४मा रहेका रमालमस्टो आधारभुत बिद्यालय स्युना तथा महाबै गाँउपालिका वडा नं ६को जालथादेवी आधारभूत विद्यालयमा पनि शैक्षिक सामाग्री प्रदर्शन गरिएको छ ।