युवा संगठन संयोजकमा सन्तोषी


१७ भाद्र । सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन प्रदेश नम्बर ६ को संयोजकमा युवानेत्री सन्तोषी शाही ठकुरीले जिम्मेवारी पाएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले संघिय संरचना अनुसारको प्रदेसमा संगठन विस्तार र सुधारको लागी प्रदेसिक संयोजकहरु तोकेको छ जसमा प्रदेस नं.६को संयोजकमा सन्तोषी शाही ठकुरीलाई जिम्मेवारी दिएको हो ।

भातृ संगठन युवा संगठनको केन्द्रीय सदस्य समेत रहेकी ठकुरी लामो समयदेखी सक्रिय राजनीतिमा छिन् । प्रदेश संयोजकको जिम्मेवारी पाएसंगै उनले यहाँका सवै जिल्लामा संगठनलाई विस्तार गर्ने उनले बताइन् । उनले पार्टीका एजेण्डा लिएर प्रदेश व्यापी कार्यक्रमहरु केही दिन शुरु गर्न लागेको जानकारी दिइन् ।

बैठकबाट संगठनमा लामो समय संघर्ष गरेका तथा सांगठानिक अनुभव बटुलेका दक्ष युवाहरुलाई प्रदेश संयोजकको जिम्मा दिनुका साथै संगठनका अध्यक्ष प्रकाश रिमालले नव संयोजकहरुलाई परिचालित हुन निर्देशन समेत दिएकी छिन् ।