
भरतराज विष्ट
कालिकोट, २२ भदौ । कृषकहरुलाई लक्षित गरि सञ्चालन गरिएका सात दिने मौममी तथा बेमौसमी तरकारी सम्बन्धी तालिम कालीकोट जिल्लाको सदरमुकाम मान्ममा बुधबार सम्पन्न भएको छ । अगुवा कृषकहरुको क्षमता विकासका लागी संचालन गरिएको ७ दिने मौषमी तथा बेमौसमि तालिमले कृषकहरुको क्षमता बृद्धिको महत्वपुर्ण कोषेढुंगा सावित भएको कृषकहरुले बताएका छन् ।
नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण सस्था द्धारा संचालीतस सामुदायिक विकास कार्यक्रम कालिकोटको आयोजना तथा जिल्ला कृषि विकास कार्यलय कालिकोटको सहजीकरणमा भदौ १५ गते देखि संचालन गरिएको कृषकहरुको क्षमता विकास तालिम सम्पन्न भएको हो । कार्यक्रमका ग्रामीण पुनर्निर्माण सस्थाका क्षेत्रिय अनुगमन तथा मुल्याङ्गन अधिकृत भुवन चौधरीले सामुदायिक विकास कार्यक्रम सन २०१५ जनवरी देखि संचालन भएको र कर्णालीका ५ जिल्ला सहित १८ वटा जिल्लामा विपद न्युनिकरण ,भौतिक पुर्वाधार निर्माण,सामाजिक सुशासन प्रर्वद्धनलगायतका गरिरहेको बताए ।
उक्त कार्यक्रममा कार्यक्रमका सहभागीलाइ तरकारी उत्पादन सम्बन्धी औजार तथा उपकरण समेत वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला कृर्षि विकास कार्यलय कालिकोटका बरिष्ठ कृषि विकास अधिकृत सुनिल कुमार सिंहले कालिकोट जिल्लामा कृषि जन्य बस्तुको उत्पादनमा कमी आई परनिर्भरता बढेकाले ,जिल्लाको हावापानीको हिसाबले कृषिजन्य बस्तु तरकारी फलफुुल लगाएतका खाध्य पदार्थ बाह्रै महिना राम्रो उत्पादन गर्न सकिने बताए । सामुदायिक विकास कार्यक्रम कालिकोटका संयोजक लिलाराज न्यौपानेले तालिम जिल्लाका ग्रामिण क्षेत्रका कृषकहरुको जिविकोपार्जनमा सुधार ल्याई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए ।



Prawash Kumar Shakya । २२ भाद्र २०७४, बिहीबार १२:३६ बजे