
सुर्खेतका नवउदयीमान गायक प्रवेशमान मानन्धरको स्वर तथा रचनामा नयाँ गीत आज एक समारोहका वीच कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर, लाटीकोइलीमा सार्वजनिक गरिएको छ । संगीतप्रेमीमाझ आशा जगाउँदै आएको यस गीतमा संगीतकार मिलन श्रेष्ठको संगीत रहेको छ ।
गायक मानन्धरले आफ्नो गीत गाउने इच्छालाई आज पूरा गरेको बताउनुभयो । सुर्खेतबाट संगीत क्षेत्रमा उदाउँदै गरेका प्रतिभाशाली गायक मानन्धरले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रा अझ मजबुत बनाउने विश्वास गरिएको छ । मानन्धर भन्नुहुन्छ “यो मेरो पहिलो प्रयास हो सुनेर प्रतिकृया दिनुहोला ।”
गीतको लिरिकल भिडियो मानन्धरको युट्युव च्यानलबाट हेर्ने सकिन्छ ।</p>



Prawash Kumar Shakya । १९ बैशाख २०८३, शनिबार १६:२६ बजे